+
+

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:४५

११ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले माग गरेको आवेदनमा कुल ११ जनाको आवेदन परेको हो ।

जसमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै पुडासैनी पूर्वराजस्व सचिव, पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र नेपाल नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुन् ।

यसअघि समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर आवेदन माग गरेको थियो । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?