+
+

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै  

‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल गर्न जसपा नेपालको बैठक बस्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते ६:३०

१९ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक
आज बस्दैछ ।

आइतबारसम्म चल्ने बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुने पार्टीका प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?