 
																			२१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
‘१२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’, सापकोटाले भने ।
२१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।
प्रवक्ता सापकोटाका अनुसार बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।
महासचिवभन्दा मुनिका पदाधिकारीलाई विशेष प्रदेशसहित १० प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । अरु केन्द्रीय सदस्यहरूको कार्य विभाजन भने सर्कुलरबाट पठाइने सापकोटाले जानकारी दिए ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4