
२९ माघ, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४० करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १६ करोड ३६ लाख रुपैयाँ थियो ।
कम्पनीको आम्दानी बढ्दा नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले १ अर्ब करोड ८९ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ३ करोड छ । आम्दानी बढ्नुका अलवा वित्तीय खर्च ७ प्रतिशत घटेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १० रुपैयाँ ६५ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ३५ पैसा छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ११९३ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4