+
+
Shares

सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न आज मतदात हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते ७:४६

४ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि आज मतदान हुँदैछ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही सुरु गर्ने कार्यसूची छ । त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि सचिवालयले यसअघि दुई पटक निर्वाचन तालिका सार्वजनिक गरेको थियो तर दुवै पटक स्थगित गरिएको थियो । अहिले सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिमा सभापति छैनन् भने विशेषाधिकार समिति पनि रिक्त छ ।

दलहरुले चार सभापतिका लागि भागबन्डा गरेका छन् । जसअनुसार एमाले, कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले एक/एक सभापति लिएका छन् । सोही अनुसार सभापतिका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नाउपाका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल र विशेषाधिकार समितिको सभापतिमा तुलसी देवकोटाले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?