+
+
Shares

नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १४:२१

६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाली सुरक्षा अधिकारीको टोली पुगेको छ ।

नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका नवीन अधिकारी लगायत ओडिसा गएका हुन् ।

केआईआईटी कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएपछि सो घटनापछि विकसित परिस्थितिमा सुरक्षा व्यवस्था गर्न मंगलबार बिहान दुईजना वरिष्ठ अधिकारी कलेज पुगेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी गराएकी हुन् । विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको मन्त्री राणाले बताएकी छिन् ।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले फेसबुकमा लेखेकी छन् ।

परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छिन् ।

‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ,’ उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?