+
+
Shares

मगर एकता दिवसमा गुल्मीमा सडकमै खाना महोत्सव

अनिल खत्री अनिल खत्री
२०८१ फागुन १५ गते १५:३४

१५ फागुन, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ४३औं मगर दिवसको अवसरमा बजार क्षेत्रको सडकमै खाना महोत्सव गरिएको छ । तम्घासको चिदिचौर परिसर सडकमा गरिएको खाना महोत्सवमा स्थानीय रैथाने खानाको स्वादको व्यवस्था गरिएको थियो ।

स्थानिय जनजातिहरुको रैथाने खानाको स्वादलाई सबै समक्ष पुर्‍याउन र प्रचारप्रसार गर्न तथा खाना पर्यटनलाई प्रवर्द्धन गर्न खाना महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव नेपाल मगर महिला संघ गुल्मीले मगर विद्यार्थी संघ सहकार्यमा गरेको हो ।

महोत्सवमा विभिन्न संस्कृति झल्किने भेषभुषासहित सांस्कृतिक बाजा, नाच, तथा झाँकी प्रर्दशन गरिएको थियो । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको थियो ।

महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको संरक्षण प्रमुख उद्देश्य रहेको रेसुंगा नगरपालिका–८ का वडाअध्यक्ष निरञ्जन थापाले बताए । जिल्ला सदरमुकाम तम्घासमा केही वर्ष यता मगर एकता दिवसमा विभिन्न खाले कार्यक्रम हुँदै आएका छन् ।

मगर समुदायबीच एकता तथा मगर संस्कृतिबारे जानकारी दिने उद्देश्यले दिवस मनाउन थालिएको स्थानीय मञ्जु दर्लामीले बताइन । उनले मगर संस्कृतिसँगै खानपान लगायतका संस्कृति अहिलेका पिँढीलाई बुझाउनु आवश्यक रहेको बताइन् ।

दिवसको अवसर पारेर जिल्लाका ७ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा समेत दिएका छन् । कालिगण्डकी, चन्द्रकोट, सत्यवती, छत्रकोट, मालिका, गुल्मीदरबार र रेसुंगा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

थप तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?