 
																			१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ ।
महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।
‘हामीले पछिल्लो समय नगरभरि मापदण्ड विपरीत, अनुशासनहीन जस्ता कार्यलाई निगरानी गरिरहेका छौं । जहाँ भेटे त्यहीँ कारबाही गर्छौं,’ एक नगर प्रहरी अधिकृत भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4