+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने भयो : प्रचण्ड

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १४:०८

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

‘इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ । किनकि त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ,’ उनले भने ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

‘एकातिर सरकारका गलत क्रियाकलातिर र अर्कोतिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?