
७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि लेखा समूहका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
लेखा समूहका कर्मचारीहरूले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सामान वृत्ति विकास गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।
प्रदेश सरकारको तर्फबाट समस्या समाधान गर्न आर्थिक मामिला मन्त्रालयका सचिवको अध्यक्षतामा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम समेत प्रारम्भ गरिसकेकोले आन्दोलन फिर्ता गरिएको विज्ञप्तिमा छ ।
लेखा समूहका कर्मचारीहरूको वृत्ति विकासको समस्या समाधानको सकारात्मक पहलका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिँदै कार्यान्वयनमा गम्भीर बन्न समेत अनुरोध गरिएको छ ।
लेखा समूहका कर्मचारीहरूले वृत्ति विकासको माग गर्दै आन्दोलित कर्मचारीले प्रदेश सरकार अन्तर्गतका सबै निकायमा खाता रोक्का गर्दै भुक्तानी रोक्का गरेका थिए भने मुख्यमन्त्री कार्यालय लगायतका निकायमा धर्ना समेत दिएका थिए ।
प्रतिक्रिया 4