+
+
Shares

रवीन्द्र मिश्र भन्छन्– ०४६ र ०६२/६३ को आन्दोलन कुनै नेताको नियन्त्रणमा थियो ?

आन्दोलनकारीको साथमा तीनकुनेमा रहेका नेता मिश्रले कुनै पनि आन्दोलन नेताको नियन्त्रणमा नहुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:१५

१५ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको निर्देशन समितिका सदस्य तथा राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले कुनै पनि आन्दोलन शान्तिपूर्ण नहुने प्रतिक्रिया दिएका छन् ।

नवीन समझदारीमा जाऔं भन्ने अपिल अस्वीकार गर्दा आन्दोलन हिंसात्मक हुन पुगेको उनको प्रतिक्रिया छ । उनले आन्दोलनमा जे जस्तो घुसपैठ भएको भए त्यो सरकारले जिम्मा लिनुपर्ने बताएका छन् ।

आन्दोलनकारीको साथमा तीनकुनेमा रहेका नेता मिश्रले कुनै पनि आन्दोलन नेताको नियन्त्रणमा नहुने बताए ।

‘२०४६, २०६२/०६३ को प्रदर्शन हेर्नुभएको छ । कुनै नेताको नियन्त्रणमा थियो ? धनजनको क्षति भएको थिएन ?,’ सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गर्दै उनले भने, ‘यही भएर नवीन समझदारीमा जाऔँ भनेको हो । नेताको सद्बुद्धि पलाओस् । अन्यथा, यो रोकिनेवाला छैन । यो आन्दोलन तितरतिबर हुँदैन ।’

उनले जनधनको क्षति हुनु राम्रो नभएको भन्दै भ्रष्ट र कथित सरकराले यसको जिम्मेवारी लिनुपर्ने बताए ।

‘धनजनको क्षति राम्रो कुरा होइन । भ्रष्ट र कथित सरकारले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘हरेक महिना कहिले थारु आन्दोलन गराउने, कहिले धार्मिक मागमा आन्दोलन गराउने, जनता मार्ने, पुलिस मार्ने काम सरकारले गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?