 
																			१५ चैत, काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ ।
स्टोरमा प्राय: गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले जानकारी दिइन् ।
‘उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ’, यादवले अनलाइनखबरसँग भनिन्, ‘आगो निभाउन कतैबाट पनि अहिलेसम्म पहल भएको छैन ।’
दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका आधा दर्जन गाडी जलाएका छन् । ‘हामी अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका थियौं । अचानक बाहिरबाट ढुंगामुढा गर्न थाले’, यादवले भनिन्, ‘भवनको सिसा फुटाउन थालेपछि ज्यान जोगाउन पछाडिको बाटो भएर भाग्यौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4