 
																			१६ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार अपरान्हसम्म राजावादीहरूको ध्वंसात्मक त्रियाकलापका कारण भएको क्षतिको विवरण संकलन हुने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋिषिराम तिवारीले क्षति भएको ठाँउमा प्रहरी टोली खटाएर विवरण संकलन भइरहेको बताए ।
‘जहाँ जहाँ क्षति भएको रिपोर्ट आएको छ, त्यहाँ प्रहरी टोली पठाएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ’ उनले भने, ‘शनिबार अपरान्हसम्म सबैतिर भएको क्षतिको विवरण थाह होला ।’
घटनामा संलग्न भएको प्रमाण भेटिएपछि र कतिपयमाथि शंकाको आधारमा १०५ जनाजतिलाई पक्राउ गरिएको भन्दै उनले केरकारपछि संलग्न नभएकाहरूलाई रिहा गर्ने नीति रहेको बताए ।
उनले भने, ‘प्रमाण भेटिएकाहरूको हकमा अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4