+
+
Shares

ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड

पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र नै रहेको प्रचण्डको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १६:२७

१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन् ।

शनिबार बसेको समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘…ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस्’ प्रचण्डले भने ।

पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र नै रहेको प्रचण्डको भनाइ छ ।

‘जे भइराखेको छ अब एकदम प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो,’ प्रचण्डले भने ।

राजावादीको गतिविधिबारे सरकारलाई कडा कदम चाल्न समेत प्रचण्डको आग्रह छ ।

उनले अगाडि भनेका छन्, ‘…ज्ञानेन्द्र शाहको मानसिमकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा देखिएको हो र अहिले पनि देखिएको छ । त्यसकारण यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?