+
+
Shares

राजावादी गतिविधिविरुद्ध एकीकृत समाजवादीले विरोधसभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १९:१६

१७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी २५ चैतमा देशभर विरोध सभा गर्ने भएको छ ।

प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले वक्तव्य जारी गर्दै राजावादी गतिविधि विरुद्ध देशभर विरोधसभा गर्ने जानकारी दिएका हुन् ।

‘राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायत उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलपाको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता क्रियाकलपाको देशब्यापी रुपमा भण्डाफोर गर्ने’, विज्ञप्तिमा लेखिएको छ ।

ज्वालाका अनुसार सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशव्यापी विरोध सभा हुनेछ । गत १५ फागुनमा राजावादीहरुले एकीकृत समाजवादीको केन्द्रीय कार्यालय र काठमाडौं कार्यालयमा तोडफोड र आगजानी गरेका थिए ।

हेर्नुहोस् समाजवादीको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?