+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ज्ञानेन्द्र शाहलाई जरिवानाको निर्णय फिर्ता लिन जगमान गुरुङको माग

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै कार्यबाहक संयोजक जगमान गुरुङले आर्थिक जरिवानाको निर्णय फिर्ता लिन भनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते २०:३०

१८ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय फिर्ता लिन माग गरेको छ ।

समितिका कार्यबाहक संयोजक डा. जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै १५ चैतको प्रदर्शनको आयोजना पूर्वराजा नभएको भन्दै आर्थिक जरिवानाको निर्णय फिर्ता लिन भनेका हुन् ।

‘उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरू स्वयम्ले लिने हो । सो निर्णय काठमाडौं महानगरपालिकाले तत्काल फिर्ता नलिए सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा गुरुङले भनेका छन् ।

उनले १५ चैतमा काठमाडौंको तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको उल्लेख गरेका छन् । महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा कार्यक्रम सम्पन्न भएको भन्दै विज्ञप्तिमा वातावरण प्रदुषण भएको भनी ‘श्री ज्ञानेन्द्र शाह निर्मल निवास’ भन्ने उल्लेख गरी जरिवाना पत्र पठाइएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?