+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १९:०७

२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

कुनै फोहोर नगरी र नभत्काइ आन्दोलन गरेकोको भन्दै मेयर शाहले भनेका छन्, ‘हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो ।’

उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।

‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’ मेयर शाहले भनेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ ।’

उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् ।

‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?