+
+
Shares

सरकारले भन्यो- शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १८:४८

२१ चैत, काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नेगरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।

यसबारे बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए ।

उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्छ ।’

तर, उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्नेगरी निर्णय लिने गृहमन्त्री लेखकले बताए ।

‘अहिले हामीले छलफल गरेका छौं । सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर छ । चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?