 
																			२३ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बढ्दै गएको वायु प्रदूषण रोक्न आवश्यक पहल गर्न भन्दै प्रदर्शन भएको छ ।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा साइकल यात्री र केही नागरिकले वायु प्रदूषणको विरोध गर्दै आवश्यक पहलकदमीका लागि खबरदारी गरे ।
काठमाडौंमा अहिले चलिरहेका यातायातको विकल्प खोज्नुपर्ने उनीहरूको सुझाव छ ।
यसरी निरन्तर धुँवा आउने यातायात प्रयोग हुँदा यसले वायुमा मात्रै नभइ स्वास्थ्यमा गम्भीर असर पार्ने साइकल यात्री सोसाइटीका पूर्व पदाधिकारी समेत रहेका रत्न श्रेष्ठ बताउँछन् ।
उनका अनुसार आम नागरिकमा चेतना अभिवृद्धि गर्नेगरी अब सडकबाटै यस्ता प्रदर्शन हुनुपर्ने अवस्था बनेको छ ।




तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                        
                     
                             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4