+
+
Shares

गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते ६:३७

२४ चैत, काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेका कारण केही ठाउँमा बदली भएको हो ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा आगामी २४ घण्टामा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको,  वर्षाको सम्भावना कम रहेको छ । जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?