+
+
Shares
साप्ताहिक सेयर समीक्षा :

ब्याज–कर भुक्तानी र विभिन्न आन्दोलनले सेयर बजारमा प्रभाव

बजारलाई यो साता मुख्यतः तेस्रो त्रैमासको ब्याज तथा कर भुक्तानी र विभिन्न पक्षबाट भएका आन्दोलनले पनि केही प्रभाव पार्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १६:०१
फाइल तस्वीर

२९ चैत, काठमाडौं । गत साता २७०३ अंकमा रहेको सेयर बजार यो साता १.२२ प्रतिशत घटेर २६७० मा कायम भयो ।

यो साता चार दिन कारोबार भयो । पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार सोमबार ३३.३३ र मंगलबार ३.४४ अंक घट्यो । बुधबार ९.६६ अंक बढेको बजार बिहीबार ५.५७ अंक घट्यो ।

समग्रमा साताभिर बढ्नेभन्दा घट्ने अंक ठूलो भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ३० करोड, बुधबार ४ अर्ब ४४ करोड तथा बिहीबार ५ अर्ब ६३ करोडको भयो ।

बजारलाई यो साता मुख्यतः तेस्रो त्रैमासको ब्याज तथा कर भुक्तानी र विभिन्न पक्षबाट भएका आन्दोलनले पनि केही प्रभाव पार्‍यो ।

लगानीकर्ताले चैत मसान्तमा बैंकको किस्ता भुक्तानी गर्नुपर्ने भएकाले धेरैले सेयर बिक्रीबाटै जोहो गर्दछन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म सेयर धितो (मार्जिन) कर्जामा कुल १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ प्रवाह भएको छ । गत असार मसान्तसम्मको तुलनामा सेयर धितो कर्जा ३१ प्रतिशत बढेको हो ।

बैंकको साँवा, ब्याज भुक्तानी बाहेक विभिन्न पक्षको आन्दोलनले बजारलाई अप्रत्यक्ष प्रभाव पारेको छ । राजावादी समूह, शिक्षक, सहकारी पीडितको छुट्टाछुट्टै विरोध प्रदर्शन भइरहेको छ । यसले बजारलाई प्रत्यक्ष प्रभाव नपारे पनि मनोभावनामा केही प्रभाव पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?