+
+
Shares

‘नरसिंहा अवतार’मा नीति शाहको लुक्स यस्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १६:१३

काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको बुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।

यो फिल्मलाई लिएर नीति निकै उत्साहित छिन् । उनले अभिनेता राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी छिन् ।

दिवाकर भट्टराइको पटकथा र निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल, नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिशा भट्टराई, दीपा शाही, रमेशचन्द सोडारी, राजिवजंग बस्नेतको अभिनय छ । दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

राजुविक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन कोरियोग्राफी, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य छ । यो फिल्मलाई लिएर दर्शक उत्साहित छन् । यसकारण पनि यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?