 
																			५ वैशाख, काठमाडौं । चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको उद्घाटन गरिएको छ । एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको यो सडक उद्घाटनका लागि भीआईपीको लर्को नै देखियो ।
प्रधानमन्त्रीदेखि मेयरसम्मका भीआईपीले शुक्रबार संयुक्त रुपमा सडक उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले संयुक्त रुपमा सडक उद्घाटन गरेका हुन् ।
नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
सडक उद्घाटनमा प्रधानमन्त्री, मन्त्री र मेयर सबैले एकैपटक हात समाएर रिबन काट्दै उद्घाटन गरेका थिए । उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ,’ प्रधानमन्त्री ओलीले भने ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4