+
+
Shares

‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १३:१७

१७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिंदैछ ।

हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिना पछि आज कञ्चनपुर पुगेर सकिन लागेको हो ।

माओवादी अध्यक्ष प्रचण्ड कञ्चनपुरमै छन् ।

उनले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गरे । शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरे ।

कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्रपेमी किसान नेता तथा महान सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?