+
+
Shares

सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते ९:४९

१९ वैशाख, जनकपुरधाम । सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कडरबोना नजिक सडकमा रोकिराखेको प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपरमा गए राति बा ६७ प ९५७६ नम्बरको मोटरसाइकल ठोक्किएको हो । मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४३ वर्षीय पुरुषको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र ढकालले जानकारी दिए । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

मृतकको शव पोस्टमार्टमको लागि लहान प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?