+
+
Shares

काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १२:२५
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।

फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।

‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले अनलाइनखबरसँग भनिन् ।

फोहोर बोक्ने गाडी रोकिएपछि बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?