
२२ वैशाख, जनकपुरधाम । भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुर आएका छन् ।
जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् ।
नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
सोमबार नै उनले जानकी मन्दिर प्रांगणमा प्रवचन दिने जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4