
२२ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को स्टार्टअप कर्जाका लागि ६ सय ६१ वटा परियोजना छनोट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले कर्जाका लागि दर्ता गरेका थिए ।
ती प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनोट भएका हुन् ।
उनीहरूले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन् । यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4