
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ पुनः सुरु गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीको मुद्दामा बहस जारी छ।
- सुनुवाइको अन्तिम मिति मंगलबार तोकिएको छ र थप बहस र जवाफी बहसको तयारी भइरहेको छ।
२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दा टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ आइतबारदेखि फेरि सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले अहिले निरन्तर बहस गरिरहेका छन् । संवैधानिक इजलासले सोमबार बुद्धजयन्तीका दिन सार्वजनिक बिदा परेकाले मंगलबार (३० वैशाख) का लागि निरन्तर सुनुवाइको मिति तोकेको हो ।
५२ संवैधानिक पदाधिकारीहरूका कानुन व्यवसायीहरूले थप एक दिन बहस गर्ने र त्यसपछि रिट निवेदकहरूको तर्फबाट जवाफी बहस गर्ने तयारी छ ।
प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले सुनुवाइ सकिएको दिन संक्षिप्त आदेश गर्ने वा निर्णय सुनाउने मिति तोक्ने सम्भावना छ ।
प्रतिक्रिया 4