
१० बैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ ।
गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बुधबार बेलायत भ्रमणमा जादैछ । अब साढे २ सातापछि मात्रै मुद्दाको सुनुवाइ हुनेछ ।
३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । केही साताको अन्तरालमा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले गत आइतबारदेखि भने नियमित सुनुवाइ गरेको थियो ।
अहिलेसम्म सबै रिट निवेदकहरूले आफ्नो बहस सकेका छन् । सरकारको तर्फबाट महान्यायाधीवक्ताले बहस गरेपछि अहिले सरकारी वकिलहरूको बहस चलिरहेको छ । अब ५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले बहस गरेपछि रिट निवेदकहरूले जवाफी बहस गर्ने पालो आउनेछ ।
त्यसपछि मात्रै सर्वोच्च अदालतले निर्णय सुनाउनेछ ।
प्रतिक्रिया 4