
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किएर एक व्यक्तिको मृत्यु भएको छ।
- सन्तोष कुमार गुरुङ नामका चालकको मृत्यु भएको हो।
- दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा परेर गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया 4