
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भन्दै सामाजिक सञ्जालमा मिथ्या हल्ला चलाइएको बताएका छन् ।
- सामाजिक सञ्जाल मात्र हेरे विकासको आकलन नगर्न उनको आग्रह छ ।
- उनले विकास र स्थिरता कायम गर्न मेहनत र वास्तविकता बुझ्न आवश्यक रहेको बताए।
२९ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भन्दै सामाजिक सञ्जालमा मिथ्या हल्ला चलाइएको बताएका छन् । सामाजिक सञ्जाल मात्र हेरे विकासको आकलन नगर्न उनको आग्रह छ ।
सोमबार रसुवाकाे कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा मात्र भर परेर धारणा बनाउन नहुने बताएका हुन् ।
सामाजिक सञ्जालका माध्यमबाट ‘व्यवस्था फेरियो, अवस्था फेरिएन’ भन्दै अफवाह फैलाउने काम भइरहेको उनको भनाइ थियो ।
‘सामाजिक सञ्जाल मात्र हेरेर देशको विकासको अवस्थाबारे आकलन गर्नु ठिक हुँदैन । सामाजिक सञ्जाल भनेको भर्चुअल संसार हो,’ उनले भने, ‘तपाईं हामीले भोगिरहेको संसार नै वास्तविक हो । विगतमा भन्दा अवस्थामा विस्तारै परिवर्तन भइरहेको छ । विकास निर्माणको कामलाई गति दिन नै राजनीति स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको हो ।’
सिंहले शिक्षा र ज्ञान आर्जन इच्छा गरेर मात्र नहुने भन्दै त्यसका लागि मेहनत गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4