+
+
Shares

‘सगरमाथा संवाद’ सहज बनाउन भारतले दियो १५ युनिट कर्भ ईभी उपहार

ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सोमबार परराष्ट्रमन्त्री डा। आरजु राणालाई हस्तान्तरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले १५ युनिट कर्भ ईभी उपहार दिएको छ। यसले संवादको समयमा अतिथि र अधिकारीको आवागमन सहज बनाउने उद्देश्य राखिएको छ ।
  • भारतीय राजदूत नवीन श्रीवास्तवले यी सवारीसाधनले संवादको प्रभावकारी आयोजना र सहभागीहरूको सहज आवागमनमा मद्दत गर्ने बताए ।
  • परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई नेपालको विकास साझेदारीको महत्त्वपूर्ण भाग भनेकी छन् ।

काठमाडौं । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ ।

ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई हस्तान्तरण गरे ।

मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूवातासले जनाएको छ ।

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा २–४ जेठमा काठमाडौंमा हुन लागेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगका लागि भारतका तर्फबाट उपहार स्वरूप यी सवारीसाधन प्रदान गरिएको हो ।

कर्भ ईभी हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी सवारीसाधनले संवादको समयमा अतिथि र अधिकारीको आवागमन सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गरे ।

उनले सन् २०२२ मा संघीय र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानुन कार्यान्वयन गर्ने निकाय र निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गरे ।

सवारीसाधन ग्रहण गर्दै परराष्ट्रमन्त्री राणाले संवाद आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।

उनले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारमध्ये एकका रूपमा स्वीकार गरिन् ।

भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीच निकटता प्रतिविम्बित गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?