+
+
Shares

अदालतसमक्ष रवीन्द्र मिश्रः ‘बाहिर राखेर छानबिन गर्दा के बिग्रन्छ ?’

‘न बाहिर जान्छु । न प्रमाण नष्ट गर्छु । राजनीतिक प्रतिशोध साँधिएकोमा न्यायालयबाट पनि न्याय नपाए म कहाँ जानू ?’ मिश्रले न्यायाधीशसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई हिरासतबाहिरै राखेर छानबिन गर्न माग गरेका छन्।
  • उनले म्याद थपको प्रक्रियामा आफूमाथि लगातार अन्याय भएको उनको भनाइ छ ।
  • मिश्रले सरकारले राजनीतिक प्रतिशोध साँधेकाे भन्दै न्यायालयबाट पनि न्याय नपाए कहाँ जाने भन्दै प्रश्न गरेका छन् ।

३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई हिरासतबाहिरै राखेर छानबिन गर्दा के बिग्रन्छ भन्दै न्यायालयमा प्रश्न उठाएका छन् ।

मंगलबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएका मिश्रले बयानका क्रममा म्याद थप्नका लागि उपस्थित गराउने कार्य दुख दिने गरी भइरहेको गुनासो राखे ।

‘श्रीमान् एकदमै अन्याय भयो । न्यायलय प्रति पूर्वन्यायाधीशहरूले प्रश्न उठाइरहनुभएको छ,’ मिश्रले अदालतमा भने, ‘आज छुट्नु पर्‍यो भन्ने मेरो माग हो श्रीमान् ।’

मिश्रले भागेर कहिं नजाने प्रतिबद्धता जनाउँदै बाहिर बसेर छानबिनमा सघाउने बताए । ‘न बाहिर जान्छु । न प्रमाण नष्ट गर्छु । राजनीतिक प्रतिशोध साँधिएकोमा न्यायालयबाट पनि न्याय नपाए कहाँ जाने ?’ मिश्रले न्यायाधीशसँग भने ।

हिरासतको बसाइबाट प्राप्त गरेको अनुभव सुनाउने क्रममा उनले राज्यको अधिकार हुने तर नागरिकको नहुने अवस्था रहेको बताए । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई हाजिर जमानीमा छोड्दा समेत आफूलाई हिरासतमा राखिएको प्रति उनले असन्तुष्ट व्यक्त गरे ।

राज्यका सबै अंग बिग्रे पनि न्यायालय प्रति विश्वास कायम रहेको सुनाउँदै मिश्रले १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा हिंसात्मक अभिव्यक्ति एक शब्द पनि नदिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?