+
+
Shares

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
  • मिश्रलाई थुनुवामा राखिएको भन्दै उनका पत्नीले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
  • मिश्रलाई १५ चैतमा राजावादी प्रदर्शनपछि पक्राउ गरिएको थियो र उनलाई थप पाँच दिनको म्याद दिइएको छ।

३१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ । प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।

मिश्रकी पत्नि सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

१५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?