
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ।
- अदालतले मिश्रलाई स-शरीर उपस्थित गराउन आदेश दिएको छ।
- मिश्रकी पत्नीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा निवेदन दिएकी छिन्।
३१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो ।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4