
News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको लमही नगरपालिका–५ मा विद्युत् सबस्टेशनभित्र आगलागी भएको छ। आगलागी ११ केभी प्रशारण लाइन सट हुँदा सुरु भएको हो।
- आगलागी नियन्त्रणका लागि दमकल र वडा प्रहरीको प्रयास जारी रहेको छ।
- आगलागीका कारण लमहीमा विद्युत् पूर्ण रुपमा अवरुद्ध भएको छ।
३१ वैशाख, दाङ । दाङको लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको छ । ११ केभी प्रशारण लाइन सट हुँदा आगलागी भएको हो ।
लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर पड्केको र आगलागी सुरु भएको थियो ।
आगलागीस्थलमै रहेका पत्रकार शिवु खनालका अनुसार, अहिले नगरपालिकाको दमकल र वडा प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।
‘करिब आधा घण्टा अघिदेखि आगलागी भइरहेको छ,’ खनालले भने, ‘अहिले भर्खरै दमकल आइपुगेर निभाउने प्रयास गरिरहेको छ ।’
उनका अनुसार अहिले लमहीमा पूर्ण रुपमा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशन नजिकै वन भएपनि हरियाली भएकाले आगो बढ्ने जोखिम कमै देखिन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4