+
+
Shares

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
  • पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ।
  • मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू हुनेछ।

१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ । पेट्रोलको मूल्य अब काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ५७ रुपैयाँ मूल्य कायम भएको छ ।

डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ४१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ४२ रुपैयाँ मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?