
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय सुन्तलाको मूल्य हाल कालीमाटी बजारमा बढेको छ र यसको औसत मूल्य प्रतिकिलो करिब १ सय ३३ रुपैयाँ छ।
- पछिल्लो समय भारतीय सुन्तलाको मूल्य गत वर्षको तुलनामा बढेको देखिन्छ, जुन फागुन महिनामा १ सय १७ रुपैयाँको आसपास थियो।
- नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तलाको प्रवेश भएको र यसको मूल्य बढिरहेको छ।
२ जेठ, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको मूल्य बढेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको मूल्य थोकमा प्रतिकिलो अधिकतम १ सय ५० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय ३३ रुपैयाँ ३३ पैसा छ ।
हिजो बिहीबार भारतीय सुन्तला प्रतिकिलो अधिकतम १ सय ४० रुपैयाँ र औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
गत वर्ष फागुनमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ र औसतमा १ सय १७ रुपैयाँमा थियो ।
नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला भित्रिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4