
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद मनीष झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेको आरोप लगाए र विश्वास कमजोर भएको बताए।
- उनले न्यायालयबाट न्याय पाउने आशा कम हुँदै गएको दावी गरे र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्तिको उल्लेख गरे।
- सांसद झाले न्यायालयमा राजनीतिक संरक्षण रहेको चर्चा गर्दै विश्वासको कमी भएको बताए।
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोलेका सांसद झाले न्यायालयहरूले राजनीतिक संरक्षण दिइरहेकाले न्यायालयप्रतिको विश्वास कमजोर बनेको बताएका हुन् ।
‘न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेका छन् । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ,’ सांसद झाले भने ।
उनले न्यायालयबाट न्याय पाउने आशा काम हुँदै गएको दावीसमेत गरे । ‘न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ,’ न्यायालयमा राजनीतिक संरक्षण रहेको चर्चा गर्दै उनले भने ।
न्यायाधीश नियुक्तिका लागि नामावली लिएर कांग्रेस नेता रमेश लेखक (वर्तमान गृहमन्त्री) आफूलाई भेट्न आएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि अभिव्यक्ति दिएको भन्दै उनले यस्तै कारणले न्यायलयमा राजनीतिक संरक्षण रहेको बताएका हुन् ।
‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि भन्नुभएको थियो, नेपाली कांग्रेसका नेता रमेश लेखक (वर्तमान गृहमन्त्री)ले न्यायालयको न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो नाम सिफारिस नभए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो,’ सांसद झाले भने, ‘आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण दिइरहेका छन् । यसले न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ ।’
प्रतिक्रिया 4