
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिका मिरा मण्डलको मृत्यु भएको छ ।
- सोमबार दिउँसो रंगेली–कानेपोखरी सडक खण्डमा बसले बालिका मण्डललाई ठक्कर दिएको थियो ।
- आक्रोशित स्थानीयले ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।
५ जेठ, विराटनगर । मोरङको रंगेलीमा बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली नगरपालिका–७ की १३ वर्षीया मिरा मण्डल रहेकी छन् ।
सोमबार दिउँसो रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ निचामारी चोकमा को १ ख २१०३ नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो ।
बस कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको थियो । उक्त बसको ठक्करबाट बालिका मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेका छन् ।
स्थानीयको तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ । बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4