
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्ति सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।
- ओझालाई १२ फागुनमा नियुक्त गरिएको थियो र उनको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरिएको थियो।
- ओझाले व्यवस्थापन, कानुन, वित्त, मौद्रिक नीति, र अर्थतन्त्रमा अनुभव राख्छन् र उनी हालसम्मकै कान्छा अध्यक्ष हुन्।
५ जेठ, काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।
ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् । उनी ३३ वर्षका छन् ।
प्रतिक्रिया 4