
News Summary
Generated by OK AI. Editorially reviewed.- बजारमा कोइरालोको मुख्य सिजन चैत हो र सिजन सकिएपछि बजारमा कोइरालो आउन छोडेको व्यापारीहरूले बताएका छन्।
- फागुन २१ मा कोइरालोको मूल्य ५ सयदेखि ५ सय ५० रुपैयाँ प्रतिकिलो थियो र फागुन २९ मा घटेर ३ सय २६ रुपैयाँ पुगेको थियो।
६ जेठ, काठमाडौं । स्थानीय बजारमा कोइरालो पाइन छाडेको छ । कोइरालोको मुख्य सिजन चैत हो ।
तर, बजारमा कोइरालो गत फागुन दोस्रो सातादेखि पाइन थालेको थियो । सिजन सकिएकाले जेठ लागेपछि भने बजारमा कोइरालो आउन छोडेको व्यापारीहरू बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत फागुन २१ मा कोइरालो प्रतिकिलो ५ सयदेखि ५ सय ५० रुपैयाँँसम्ममा किनबेच भएको थियो । फागुन २९ मा कोइरालोको मूल्य घटेर ३ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।
कोइरालोको सिजन सुरु भएपछि यसको मूल्य घटेको थियो । यस्तै वैशाख दोस्रो साता कोइरालोको मूल्य २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भएको थियो । अन्तिम साता भने कोइरालोको मूल्य घटेर १ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गरेको थियो । कोइरालोको फूलको अचार बनाएर खाने गरिन्छ ।
प्रतिक्रिया 4