+
+
Shares

बजारमा आउन थाल्यो कोइरालो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको व्यवसायीहरूले बताएका छन्।
  • कालीमाटी बजारमा कोइरालोको थोक मूल्य न्यूनतम ३२० देखि अधिकतम ३५० रुपैयाँ प्रतिकिलो रहेको छ।
  • कोइरालोको मुख्य सिजन चैत हो र यसको फूलको अचार बनाएर खाने गरिन्छ।

२६ फागुन, काठमाडौं । बजारमा कोइरालो आउन थालेको छ । व्यवसायीहरूका अनुसार फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो ।

कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ । कालीमाटी बजारको तथ्यांकले आज मंगलबार कोइरालो प्रतिकिलो थोकमा न्यूनतम ३ सय २० देखि अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

२३ फागुनमा कोइरालो प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ४ सय र औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । सिजन सुरु भएसँगै कोइरालोको भाउ घट्ने व्यवसायी बताउँछन् ।

अहिले भर्खरै बजारमा आउन थालेकाले केही महँगो पर्न जाने व्यवसायीको भनाइ छ । कोइरालोको फूलको अचार बनाएर खाने गरिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?