News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकअनुसार सोमबार कोइरालोको भाउ प्रतिकिलो २५० रुपैयाँ कायम छ।
- कोइरालोको भाउ सोमबार औसत ५० रुपैयाँ घटेर हिजोको ३०० रुपैयाँबाट तल आएको हो।
- फागुन दोस्रो सातादेखि कोइरालो बजारमा आउन थालेको र मुख्य सिजन चैत रहेको छ।
२ चैत, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँ कायम छ । आज कोइरालोको भाउ किलोमा औसत ५० रुपैयाँ घटेको हो । हिजो प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4