+
+
Shares

जारी सिजनमा अहिलेसम्म ३९५ जनाले गरे सगरमाथा आरोहण

सफल आरोहीमध्ये १ सय ५३ जना आरोहण अनुमति लिएका आरोही र २ सय ३५ जना शेर्पा सहयोगी रहेको पर्यटन विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १७:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वसन्त ऋतुको आरोहण सिजनमा अहिलेसम्म ३९५ जना आरोहणकर्ताले सगरमाथाको सफल आरोहण गरेका छन् ।
  • पर्यटन विभागले जनाएको अनुसार १ सय ५३ जना आरोहण अनुमति लिएका र २ सय ३५ जना शेर्पा सहयोगी रहेका छन्।
  • यस वर्ष सगरमाथाका लागि ४७ समूहका ४६८ जना आरोहण अनुमति प्राप्त भएका छन्।

६ जेठ, काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा अहिलेसम्म ३ सय ९५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

तीमध्ये १ सय ५३ जना आरोहण अनुमति लिएका आरोही र २ सय ३५ जना शेर्पा सहयोगी रहेको पर्यटन विभागले जनाएको छ । ७ आरोही भने डोरी टाँग्ने समूहका हुन् ।

विभागका अनुसार यस वर्ष सगरमाथाका लागि मात्र ४७ समूहका ४ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा सहित २७ हिमालमा यो सिजनका लागि १ सय २७ समूहका १ हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।

अहिले सगरमाथामा धमाधम आरोहण जारी छ । सगरमाथामा यो वष ५७ देशका आरोहीले अनुमति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?