+
+
Shares

५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय*

पदभार ग्रहणपछि गभर्नर विश्वनाथ पौडेलले पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरे।
  • उनले नयाँ नोट छपाइ गर्ने निर्णय गर्दै मौद्रिक नीति र वित्त नीति अलग रहेको बताए।
  • गुणाकर भट्टको राजीनामा आन्तरिक विषय भएको उनले बताए।

७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । राष्ट्र बैंकले कम नियमन गरी सुपरीवेक्षण क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए ।

(यसअघि प्रकाशित समाचारमा तथ्य फरक परेकाले सच्याइएको छ- सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?