+
+
Shares

शिवमले के ल्याउँदैछ ?

कुनै नयाँ सिनेमाको ट्रेलर जस्तै लाग्ने शिवम् सिमेन्टको विज्ञापन हो वा यसले कुनै नयाँ सिनेमा नै ल्याउन लागेको हो भन्ने कुरा छुट्याउन गाह्रो पर्ने कम्पनीले जनाएको छ । टिजर हेर्दा कुनै थ्रिलर वेब सिरिजको हो भन्ने पनि लाग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम सिमेन्टले नयाँ क्याम्पेनलाई थ्रिलर जस्तो शैलीमा प्रस्तुत गरेको छ।
  • कम्पनीले विगतदेखि नै सामाजिक मुद्दामा आवाज उठाउँदै आएको छ।
  • उपभोक्तालाई सुसूचित गर्न नयाँ र सिर्जनात्मक विज्ञापन ल्याउने आशा व्यक्त गरिएको छ।

७ जेठ, काठमाडौं । गुणस्तरको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै नेपालमा सर्वाधिक रुचाइएको सिमेन्ट ब्रान्ड शिवम सिमेन्टले आफनो नयाँ क्याम्पेनलाई निकै फरक शैलीमा प्रस्तुत गरिरहेको छ ।

कुनै नयाँ सिनेमाको ट्रेलर जस्तै लाग्ने शिवम् सिमेन्टको विज्ञापन हो वा यसले कुनै नयाँ सिनेमा नै ल्याउन लागेको हो भन्ने कुरा छुट्याउन गाह्रो पर्ने कम्पनीले जनाएको छ । टिजर हेर्दा कुनै थ्रिलर वेब सिरिजको हो भन्ने पनि लाग्छ ।

स्मरण रहोस् आफ्ना उपभोक्तालाई सुसूचित गर्नका लागि शिवम् सिमेन्टले विगतदेखि नै थुप्रै नवीन अवधारणा ल्याउँदै आएको छ । जसको उदाहरणका रूपमा विगतको नो कम्प्रोमाइज भन्ने विज्ञापन क्याम्पेनलाई पनि लिन सकिन्छ । जसमा आफ्नो अधिकार, आफ्नो दायित्वजस्ता कुरामा कहिल्यै सम्झौता वा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने सन्देश दिइएको थियो ।

शिवम् सिमेन्टका विज्ञापनहरूमा केवल प्रोडक्टको कुरामात्र गर्नेभन्दा पनि सामाजिक मुद्दाहरूमा आवाज बुलन्द गर्ने शैली देख्न पाइन्छ । आशा गरौं, अब पनि कुनै विशेष विज्ञापन सहित शिवम्ले आफ्नो प्रोडक्टसँगै सिर्जनात्मकतामा पनि नयाँ उचाइ थप्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?