+
+
Shares

निफ्राले जेठ १८ देखि हरित ऊर्जा ऋणपत्र जारी गर्दै, कति पाइन्छ ब्याज ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ।
  • सर्वसाधारणले २५ कित्ताबाट आवेदन दिन सक्ने र ७ वर्षे अवधिमा ६ प्रतिशत ब्याजदर प्राप्त हुने यस ऋणपत्रको बिक्री छिटोमा २१ जेठसम्म खुल्नेछ।
  • संकलित पूँजी पर्यावरणमैत्री परियोजना र दिगो विकासमा प्रयोग गरिने छ।

८ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् ।

छिटोमा जेठ २१ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ । हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।

‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशतर २०८८/८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।

इक्रा नेपालले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?