+
+
Shares

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा चारजनालाई काठमाडौंबाट पक्राउ गर्यो।
  • पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादवप्रसाद घिमिरे र लोकजन खड्का छन्।
  • उनीहरूले विभिन्न देश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।

८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको हो ।

गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख ठगी गरेको आरोप छ । अधिकारीले जापान पठाउने भन्दै ३ लाख, घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?